Skip to content

एनएमबि बैंकको अधिकांश सूचक बढे, नाफा २ अर्ब ३७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एनएमबि बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफासँगै अधिकांश सूचकमा सुधार देखिएको हो ।

बैंकले ९ महिनासम्मको अवधिमा २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको । जुन गत आवको सोही अवधिको तुलनामा ५.८८ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर झण्डै साढे ६ अर्ब रुपैयाँ पुगेको छ । यस्तै बैंकको कुल सञ्चालन आम्दानी पनि ७ अर्ब २० करोड रुपैयाँबाट बढेर ८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३ अर्ब २१ करोड रुपैयाँबाट बढेर साढे ३ अर्ब रुपैयाँ नाघेको छ ।

यसँगै गत वर्ष ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष भने १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा भने २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३१ करोड रुपैयाँ र रिजर्भ कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चिति रहेको छ ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी समेत वृद्धि भएको छ। बैंकको प्रतिसेयर आम्दानी गत वर्ष १६ रुपैयाँ २७ पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ २३ पैसा पुगको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima