Skip to content

राष्ट्र बैंककाे लचिलो नीतिले तेस्रो त्रैमासिकमा बैंकहरूको नाफा १.४० प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि लिएको लचिलो नीतिको प्रभाव बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनमा परेको छ । राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्दा त्यसको प्रभाव बैंकको नाफामा परेको हो ।

चैत मसान्तसम्म बैंकको नाफा १.४० प्रतिशतले बढेर ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

२० वटा वाणिज्य बैंकमा ९ वटाको नाफा घटेको छ भने ११ वटाको बढेको बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय स्थितिमा उल्लेख छ ।

यो अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकले चैत मसान्तसम्म ५ अर्ब ५ करोड १४ लाख १९ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा ८.२१ प्रतिशतले बढेको छ ।

नबिललाई पछ्याउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले चैत मसान्तसम्म ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा ३८.६१ प्रतिशतले बढेको छ ।

नाफा धेरै आर्जन गर्नेमध्ये तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

३ अर्ब नाफा आर्जन गर्नेमा एभरेष्ट बैंक मात्रै रहेको छ । यो अवधिमा बैंकको नाफा ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

प्रतिशतको आधारमा हेर्दा धेरै नाफा प्रतिशत नाफा बढाउनेमा नेपाल बैंक रहेको छ । गत आवको चैत मसान्तको तुलनामा यो अवधिमा बैंकको नाफ २०३२.८० प्रतिशतले नाफा बढेर २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १३ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

एनएमबि बैंकले चैत मसान्तसम्म ५.८८ प्रतिशतले नाफा बढाएर २ अर्ब ३७ करोड ३२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

प्रभु बैंकको नाफा ३.५१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड ६० लाख ६० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

सानिमा बैंकको नाफा १४.८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ४३ करोड ९४ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

लक्ष्मी सनराइज बैंकको नाफा २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड २१ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ थियो ।

नेपाल एसबिआई बैंकको नाफा ३.३६ प्रतिशतले बढेर १ अर्ब २० करोड ३२ लाख ६१ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब १६ करोड ४१ लाख ७७ हजार रुपैयाँ थियो ।

माछापुच्छ बैंकको नाफा २८.८९ प्रतिशतले बढेर १ अर्ब १० करोड २६लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ८५ करोड ५४ लाख ६४ हजार रुपैयाँ थियो।

९ वटा बैंकको नाफा घट्यो

चैत समान्तको अपरिस्कृत वित्तीय अवस्थाअनुसार ९ वटा बैंकको नाफा घटेको छ । प्राइम बैंकको नाफा २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड ९३ लाख ४ हजार रुपैयाँ छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड ३७ लाख ७६ हजार, कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड ४३ लाख ६० हजार, सिद्धार्थ बैंकको नाफा ०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड ८२ लाख ६० हजार, राष्ट्रिय वाणिज्य बैंकको ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड ४३ लाख ७० हजार रुपैयाँ रहेको छ ।

यस्तै, सिटिजन्स बैंकको नाफा २०.६० प्रतिशतले घटेर ९६ करोड १८ लाख ९३ हजार, हिमालय बैंकको नाफा ७४.३३ प्रतिशतले घटेर ५० करोड, कुमारी बैंकको ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख २३ हजार र एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा सिमिति भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime