Skip to content

बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अनुभव सम्बन्धी योग्यता र उमेर नपुगी नियुक्ती लिएको बिषयमा सर्वोच्च अदालतमा परेको रिट आज हेर्न नभ्याउनेमा परेको छ । आज इजलास नं ८ मा न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा क्रस संख्या झ मा परेको थियो । सो भन्दा अगाडिका मुद्दाका अत्याधिक लामो बहस भएका कारण आजको मुद्दामा सुनुवाई हुन नसकेको हो ।

गत चैत्र १७ गते अधिवक्ता इन्दिरा धमलाले नियामक निकाय बीमा प्राधिकरणको अध्यक्ष पदमा नेपाल सरकार मन्त्रिपरिषदबाट नियुक्त भएका शरद ओझाको अनुभव सम्बन्धी योग्यता नपुग्ने तथा उमेर हद विपरित नियुक्ती गरिएको भन्दै खारेज गर्न माग गर्दै रिट दायर भएको थियो । पहिलो सुनुवाई गत चैत्र २० गते भई १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न र अन्तरिम आदेशका लागि चैत्र ३१ गतेका लागि पेशी तोक्ने आदेश न्यायाधीश नहकूल सुवेदीको इजलासबाट जारी भएको थियो । सो मुद्दाको अर्को पेशी बैशाख १० गतेका लागि तोकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi