Skip to content

सेयर बजार सामान्य अंकले बढेको दिन धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा तीन विकास बैंक

nabil bank

काठमाडौं । आइतबार सेयर बजार सामान्य अंकले बढेर बन्द हुँदा पनि २६१ कम्पनीको सेयर मूल्य घटेर कारोबार बन्द भएको छ। सेयर मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा भने तीन वटा विकास बैंक छन् ।

आजको कारोबार बन्द हुँदा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । त्यस्तै धेरै मूल्य घट्ने शीर्ष पाँचभित्र रहेका कम्पनीमा नेपाल हाइड्रो डेभलपर र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेका छन् ।

आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा नेपाल हाइड्रो डेभलपर रहेको छ । यो कम्पनीको सेयर मूल्य ७.१२ प्रतिशत अर्थात् ६० रुपैयाँ ३६ पैसाले घटेर ७८७ रुपैयाँ ९२ पैसा पुगेको छ ।

त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ६५ रुपैयाँ ९१ पैसाले घटेर १ हजार २९४ रुपैयाँ ०३ पैसामा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.८५ प्रतिशतले कम हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९४ रुपैयाँ ४६ पैसाले घटेर २ हजार १५३ रुपैयाँ ३७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.२० प्रतिशतले कम हो ।

त्यस्तै आज आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि ४३ रुपैयाँ ६१ पैसाले घटेर ९९८ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१९ प्रतिशतले कम हो। त्यस्तै आज कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य ३.६६ प्रतिशत अर्थात् ८० रुपैयाँ ३७ पैसाले घटेर २ हजार ११६ रुपैयाँ ९३ पैसा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime