Skip to content

भारतबाट भने जित बिजुली किन्न नपाउँदा उद्योगमा फेरि लोडसेडिङ सुरू

nabil bank

काठमाडौं । भारतबाट आवश्यक भने जित बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा फेरि बिजुली कटौती गर्नुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपालले अपुग बिजुली छिमेकी मुलुक भारतबाट किन्दै आएको थियो। त्यस्तै, भारतमा आइपिएल खेल जारी रहँदा पनि माग बढेको उल्लेख गरिएको छ।

नेपालले भारतको पावर एक्सचेन्ज कमिटीमार्फत बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी प्रसारण लाइनमार्फत अधिकतम ३५० मेगावाट आपूर्ति गर्ने अनुमति पाएको छ। हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ बजेदेखि ६ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म गरी जम्मा ५० मेवा मात्र विद्युत आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ।

गर्मीयाम सुरु भएसँगै भारतमा अत्यधिक माग बढेको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको प्राधिकरणको भनाइ छ। इन्डियन एक्सचेन्ज मार्केटको बिजुलीको दर पनि बढी भएकोले विहारसँग जोडिएको १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत खरिद गर्न सकिएको प्राधिकरणको भनाइ छ।

‘इन्डियन एक्सचेन्ज मार्केटमार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म विद्युत खरिद गरिँदै आएकोमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गरी खरिद गर्न खोज्द समेत मागको तुलनामा अत्यन्तै कम मात्र विद्युत प्राप्त हुन सकेको,’ प्राधिकरणले भनेको छ।

उक्त कारणले विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आशिंक लोड दिने गरिएको प्राधिकरणले जनाएको छ। माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको प्राधिकरणको भनाइ छ। नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने एवं भारतबाट पनि विद्युत आपूर्ति बढ्ने अवस्था रहेकोले हाल देखिएको समस्या छिटै समाधान हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

हाल नदीनालाको बहाव कम भएकाले जलाशय र सौर्य उर्जा सहित आन्तरिक उत्पादन औसत एक हजार १७५ मेगावाट रहेको उल्लेख छ। प्राधिकरणका अनुसार हालको उच्च माग (पिक लोड) दुई हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन एक हजार ५९३ मेगावाट रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime