काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमालेख नविकरणमा शतप्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले व्यतित बीमलेखहरू नविकरण गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।
कम्पनीका अनुसार गत चैत मसान्तसम्म बीमाशुल्क तिर्नु पर्ने मितिले छ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू वैशाख १२ देखि आउँदो असार २० गतेसम्म नविकरण गर्दा उक्त छुट पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले आजबाट परिपक्व हुन बाँकी अवधि १० वर्षदेखि माथि रहेको बीमालेखमा शतप्रतिशत, ५ वर्षदेखि १० वर्षभन्दा कममा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कममा २५ प्रतिशत छुट दिने जनाएको छ । साथै २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको बीमालेखमा र एकपटक छुट सुविधा लिइसकेकाले यो सुविधा नपाउने र शतप्रतिशत छुट सुविधाबाट नविकरण भएका बीमालेख समर्पण भएमा छुट रकम काटिने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्