Skip to content

ग्रामीण विकास लघुवित्तको खुद नाफा २४ करोड बढी

nabil bank

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १६.८० प्रतिशतले नाफा बढेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत मसान्तसम्म २४ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यस्तो नाफा गत आवको सोही अवधिसम्ममा २१ करोड १३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै त्यसको प्रभावका कारण खुद नाफा बढ्नमा टेवा पुगेको हो ।

कम्पनीको सञ्चालन नाफा चालु आवमा बढे ३५ करोड १४ लाख रुपैयाँ पुगेको छ । यस्तो नाफा गत आवको सोही अवधिसम्ममा ३० करोड ४३ लाख रुपैयाँ रहेको थियो । त्यस्तै खुद ब्याज आम्दानी पनि चालु आवको ९ महिनाको अवधिमा ८५ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यस्तो आम्दानी गत आवमा ६४ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । चालु आवको ९ महिनाको अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २५ रुपैयाँ १२ पैसा पुगेको छ । त्यस्तै खराब कर्चा ६.९८ प्रतिशतबाट घटेर ४.४२ प्रतिशतमा झरेको छ । कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ छ भने जगेडा कोष २८ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime