काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा वैशाख ३० गतेदेखि आवेदन खुला हुने भएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
इन्स्योरेन्सले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख ५ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।






प्रतिक्रिया दिनुहोस्