Skip to content

राष्ट्रिय बिमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त

 

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले डा. श्रेष्ठलाई सीईओ पदमा सर्वसम्म्त रुपमा नियुक्त गरेको हो ।
कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले इन्स्योरेन्स खबरलाई भने, ‘श्रेष्ठलाई ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको छ।’ सीईओमा नियुक्त श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्वप्रशासक हुन्।

यसअघि कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते २१ दिने सूचना जारी गर्दै सीईओका लागि आवेदन खुला गरेको थियो। तोकिएको अवधिमा ९ जनाको आवेदन परेको थियो। तीमध्ये ४ जनाको नाम सर्टलिस्ट गरिएको थियो।

सर्टलिस्टमा परेकाहरुको प्रस्तुतीकरण वैशाख १२ गते र अन्तर्वार्ता वैशाख १३ गतेलाई तोकिएको थियो। प्रस्तुतीकरण र अन्तर्वार्तापछि बाँकी ३ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ सीईओमा नियुक्त भएका हुन्।

समितिले कम्पनीको सीईओका लागि श्रेष्ठसहित नारायणकुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोइरालाको नाम सर्टलिस्ट गरेको थियो। यसअघि सीईओमा आवेदन दिएकामध्ये राजुनाथ खनाल, उज्ज्वलराज अर्याल, नवीन सुवेदी, बुद्धकाजी श्रेष्ठ र रामदेव यादव पहिलो चरणबाटै बाहिरिएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T