Skip to content

हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकको बत्तीसपुतली शाखा साविक भवनरस्थानबाट बत्तीसपुतली वडा नं ९ मा स्थानान्तरण भएको छ।

बैंकले बत्तीसपुतलीस्थित राममन्दिर जाने बाटोसँगै रहेको शाखा नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आइतबारदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ।

सो शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा गरेका हुन्।

हाल बैंकले १ सय ७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २ सय ८४ एटिएम, ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T