Skip to content

बैंकहरुले सम्भावित कर्जा तथा नोक्सानी व्यवस्थाका लागि छुट्ट्याए ३५ अर्ब बढी, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० वाणिज्य बैंकहरुले सम्भावित कर्जा तथा नोक्सानी व्यवस्थाका लागि ३५ अर्ब ७ करोड ३० लाख रुपैयाँ छुट्याएका छन् । बैंकहरुले चैत मसान्तसम्म उक्त रकम सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएका हुन् ।

चैत मसान्तसम्म सम्भावित कर्जा तथा नोक्सानी व्यवस्थाका लागि रकम छुट्याउने पहिलोमा कुमारी बैंक रहेको छ । बैंकले चैत मसान्तसम्म ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै लक्ष्मी सनराइज बैंकले सम्भावित कर्जा तथा नोक्सानी व्यवस्थाका लागि ३ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेको छ । ग्लोबल आइएमई बैंकले सम्भावित कर्जा तथा नोक्सानी व्यवस्थाका लागि ३ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ ।

चैत समान्तसम्म एनआईसी एसिया बैंकले ३ अर्ब ५ करोड, प्राइम बैंकले २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ, नबिल बैंकले २ अर्ब २९ करोड ३२ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २७ करोड ३४ लाख, सिद्धार्थ बैंकले २ अर्ब २१ करोड ६४ लाख र सिटिजन्स बैंकले २ अर्ब १६ करोड ४० लाख रुपैयाँ छुट्याएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सानिमा बैंकले सम्भावित कर्जा जोखिमका लागि १ अर्ब ४० करोड ४३ लाख, हिमालयन बैंकले १ अर्ब ३१ करोड ९५ लाख, एनएमबि बैंकले १ अर्ब २९ करोड ३० लाख, प्रभु बैंकको १ अर्ब २३ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १९ करोड ८१ लाख रुपैयाँ छुट्याएको छ ।

सम्भावित कर्जा तथा जोखिम व्यवस्थाका लागि १ अर्ब भन्दा कम रकम ५ वटा बैंकले छुट्याएका छन् । १ अर्ब भन्दा कम रकम छुट्याउने बैंकमा कृषि विकास, नेपाल एसबिआई, माछापुच्छ्रे, नेपाल बैंक, एभरेष्ट बैंक छन् ।

कृषि विकास बैंकले सम्भावित कर्जा तथा जोखिम व्यवस्थाका लागि ९१ करोड ६८ लाख, नेपाल एसबिआई बैंकले ७२ करोड ५८ लाख, माछापुच्छे बैंकले ७१ करोड ५६ लाख, नेपाल बैंकले २८ करोड २८ लाख र एभरेष्ट बैंकले २७ करोड २९ लाख रुपैयाँ छुट्याएको छ ।

यता स्टयान्डर्ड चार्टर्ड बैंकले भने ९ करोड ९० लाख रुपैयाँ राइटब्याक गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi