Skip to content

लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्स ‘मस्ट प्रमिसिङ’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालका लागि केई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइले ‘मस्ट प्रमिसिङ पार्टनर’ अवार्ड पाएका छन् । चीनको यिविनमा भएको केई अटो ग्लोबल कन्फरेन्स अवार्ड समारोहमा दुवै कम्पनी उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

लक्ष्मी ई–मोबिलिटीको तर्फबाट लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र जीओ अटोमोबाइलको तर्फबाट प्रबन्ध निर्देशक आकाश गोल्छाले अवार्ड ग्रहण गरे । उक्त अवार्ड समारोहमा ५० बढी क्षेत्रीय डिस्ट्रीब्युटर्सहरूको सहभागिता थियो ।

नयाँ प्रविधि र ग्राहकमैत्री सेवाको क्षेत्रमा गरेको योगदान तथा इलेक्ट्रीक गाडीको प्रवद्र्धनमा देखाएको अग्रगामी भूमिकालाई अवार्ड दिइएको कम्पनीले उल्लेख गरेको छ । केई मोटर्स सन् २०१४ मा चिनियाँ अटोमोटिभ कम्पनी चेरी होल्डिङ ग्रुपको सहयोगमा स्थापना गरिएको थियो। केईले एसयूभी, क्रसओभरका साथै विद्युतीय गाडी उत्पादन गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima