काठमाडौं । आजको सेयर बजार कारोबार जारी रहँदा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । (हिजो) आइतबार देखि कारोबार खुलेको यो कम्पनीको सेयर मूल्यमा दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्यमा अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २९ रुपैयाँ ७० पैसाले बढेर ३२६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यस अघि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
यो समाचार तयारपार्दासम्म सेयर बजार परिसूचक ९ दशमलव १० अंकले घटेर २६११ दशमलव २८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब ७५ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्