काठमाडौं । सोमबार पनि सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि सामान्य घटेको सेयर बजार परिसूचक आज ९ दशमलव ९८ अंकले घटेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ९ दशमलव ९८ अंकले घटेर २६१० दशमलव ४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३६ अंकले घटेर ४४० दशमलव १३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटा उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ भने ४ वटाको मात्रै बढेको छ।
साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार नेप्से सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब ४४ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ६५ हजार ८८४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












प्रतिक्रिया दिनुहोस्