काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले कुल ४.७४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति भई कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात लगानीकर्तामा वितरण हुनेछ ।







प्रतिक्रिया दिनुहोस्