Skip to content

ग्लोबल आइएमई बैंकले गर्‍यो कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले नेपालमा ई–कमर्स कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टलाई आफ्नो व्यवसायको दायरा विस्तार गरी देश–विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुआतपश्चात् ई–कमर्स कारोबार गर्ने ट्राभल तथा टुर एजेन्सी, होटेल, एयरलाइन्स, हस्पिटललगायत व्यवसायी लाभान्वित हुने बैंकले जनाएको छ ।

ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानी प्राप्तिका निम्ति सहज बनाउने भएकाले बैंकका मर्चेन्टको व्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यो पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यसमार्फत हुने कारोबार थप सुरक्षित हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८५ एटिएम, २ सय २१ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T