काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेदेखि नै लगातार रुपमा सकारात्मक सर्किट लागेको कम्पनीमा आज पनि सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य लगातार १९ दिनमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १६७ रुपैयाँ ८० पैसाले बढेर १ हजार ८४६ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा सेयर बजार परिसूचक पनि ९ दशमलव २३ अंकले बढेर २६१९ दशमलव ६३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ३७ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्