Skip to content

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आजको सेयर बजार कारोबार जारी रहँदा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार देखि कारोबार खुलेको यो कम्पनीको सेयर मूल्यमा लगातार तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्यमा अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३२ रुपैयाँ ६० पैसाले बढेर ३५९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । यस अघि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

यो समाचार तयारपार्दासम्म सेयर बजार परिसूचक ९ अंकले बढेर २६१९ दशमलव ४१ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ९० करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime