Skip to content

सेयर बजार बढ्दा पनि विन नेपाल लघुवित्तमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा एउटा कम्पनीमा भने नकारात्मक सर्किट लागेको छ । आजको करोबार बन्द हुँदा विन नेपाल लघुवित्तमा नकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य २८३ रुपैयाँ ३८ पैसाले घटेर २ हजार ५५१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिन भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टन, लक्ष्मी भ्यालु फण्ड २ र सनराइज बैंक डिबेन्चर ८३ रहेका छन् ।

आज सप्तकोशीको सेयर मूल्य ४६ रुपैइाँ ३७ पैसाले घटेर ८५३ रुपैयाँ ४६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.१५ प्रतिशतले कम हो । त्यस्तै हिमालयन पावर पार्टनको सेयर मूल्य पनि आज ५.१८ प्रतिशत अर्थात् ३० रुपैयाँ १३ पैसाले घटेर ५५१ रुपैयाँ १७ पैसा पुगेको छ ।

आज लक्ष्मी भ्यालु फण्ड २ को सेयर ०.४५ रुपैयाँले घटेर ९ रुपैयाँ ९५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३३ प्रतिशतले कम हो । त्यस्तै आज सनराइज बैंक डिबेन्चरको सेयर पनि ४६ रुपैयाँले घटेर १ हजार ५९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१६ प्रतिशतले कम हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime