Skip to content

गभर्नर नियुक्ति निलम ढुंगानाका कारण रोकियो, ओलीजी सकारात्मक नै हुनुहुन्छः सभापति देउवा

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकृया कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिना कारण रोकिएको बताएका छन् ।

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक सम्वाद कार्यक्रममा यस्तो बताए ।

उनले गभर्नर नियुक्तिका विषयमा राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले ढिलाइ भएको बताए ।

‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकरात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो’ उनले भने । राष्ट्र बैंकको आगामी गभर्नरमा बलियो सम्भावना बोकेका डा गुणाकर भट्टले दिएको राजीनामा तिम्सिनाले स्वीकृत गरेकी छैनन् । उनले आफु गभर्नरको दौडमा रहेको र आफुसँग प्रतिस्पर्धा गर्न आएको भन्दै भट्टको राजीनामा स्वीकृत नगरेकी हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime