Skip to content

आईपीओमा ७ प्रतिशत कमिसन:  सेबोनमा अख्तियारको छापा, अध्यक्ष श्रेष्ठले इप्पानलाई २ घण्टा राखेर पठाए रित्तै 

nabil bank
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज धितोपत्र बोर्डमा चार घण्टा लगाएर छापा मारेको छ ।
बोर्डले आइपीओ निष्कासनका क्रममा रहेका ४३ वटा जलविद्युत कम्पनीमध्ये ठूला आयोजनामा ७ र साना आयोजनामा ५ प्रतिशत कमिसन मागेपछि आयोगले आज छापा मारेको हो । बोर्डको नियमन विभागले गरेको काममा आयोगमा गुनासो तथा उजुरी परेपछि छापामारेको बोर्ड निकट स्रोतको दाबी छ ।
आयोगले करिब तीन दर्जन जलविद्युत कम्पनीसहित ८९ कम्पनीको फाइल नियन्त्रणमा लिएको छ । बोर्डले आइपीओ अनुमति रोकेर जलविद्युत प्रवर्द्धकहरूको कार्यालयमा पुगेर बोर्ड अध्यक्षको प्रतिनिधि भएको भन्दै केही बिचौलियाले ठूला आयोजनामा ७ र सानामा ५ प्रतिशत कमिसन मागेको ऊर्जा उद्यमीहरूको दाबी छ ।
यो सँगै आयोगले बोर्डमा छापा मारेको हो । आयोगको टोली आज बोर्डमा चार घण्टासम्म बसेको बोर्ड निकट स्रोतको दाबी छ । बोर्ड अध्यक्षका प्रतिनिधिले प्रवर्द्धक कम्पनीमा नै पुगेर आइपीओ निष्कासनका लागि कमिसन माग्न थालेपछि प्रतिनिधि सभाको बैठकमा माधव सापकोटा लगायतका सांसदले छानबिन तथा कारबाहीको माग गरेका थिए ।
आयोगले बोर्डमा छापा मारे लगत्तै आजै सेबोनका प्रतिनिधि र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका प्रतिनिधिबीच २ घण्टा लामो छलफल भएको छ । बुधबार साँझ २ घण्टा लामो समय छलफल भए पनि केही उपलब्धि नभएको सहभागी एक प्रतिनिधिले बताए । २ घण्टा लामो छलफलमा अध्यक्ष श्रेष्ठले पाइपलाइनमा रहेका कम्पनीको सेयर निष्कासन छिटो गर्ने विषयमा कुनै चासो नदिएको बताए ।
उनले पाइपलाइनमा रहेका कम्पनीलाई कहिले निष्कासन अनुमति दिने भन्ने इप्पानका प्रतिनिधिहरूको प्रश्नमा श्रेष्ठले बिस्तारै प्रक्रिया पूरा गरेर निष्कासन दिँदै जाने बताए । अर्का एक प्रतिनिधिले २ घण्टा अध्यक्ष श्रेष्ठले कुराएर रित्तो हात पठाएको बताए ।
‘२ घण्टा लामो छलफल भयो, उपलब्धि केही भएन’ छलफलमा सहभागी प्रतिनिधिले भने, ‘उहाँले छलफलका क्रममा कमिसन मागेको कुरा सत्य हैन भनेर सतही कुरा मात्रै गर्नुभयो । हामीले न ९० भन्दा माथी रहेका कम्पनीको सेयर निष्कासन गर्न कहिले अनुमति दिने भन्ने प्रश्नमा कागजात हेर्दै छौ प्रक्रिया पूरा गरेर बिस्तारै भइहाल्छ नि भन्नुभयो, २ घण्टा केही उपलब्धि भएन । रित्तो हात फर्कियौ ।’
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime