काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको भावी गभर्नर नियुक्ति गर्ला वा नगर्ला सबैको चासोको विषय बनेको छ । सरकारले नै चाहेर वा नचाहेर राष्ट्र बैंकको गभर्नर नियुक्तिमा निकै किचलो गरिरहेको छ । अहिलेसम्म राष्ट्र बैंकको गभर्नर सत्तारुढ दल कांग्रेस र एमालेमध्ये कसको भागमा परेको हो भन्ने अन्यौलता केहीमा परेको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैैशाख २३ गते पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक सम्वाद कार्यक्रममा आफ्नो पार्टीको भागमा परेको जानकारी गराएका छन् ।
अहिले गभर्नर नियुक्ति सरकारले रोकेको भनेर चर्चा भए पनि सभापति देउवाले राष्ट्र बैंकको कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिना कारण रोकिएको जानकारी गराए । उनले गभर्नर नियुक्तिका विषयमा राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले ढिलाइ भएको बताए ।
‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो’ उनले भने। राष्ट्र बैंकको आगामी गभर्नरमा बलियो सम्भावना बोकेका डा गुणाकर भट्टलाई नेपाली कांग्रेसले साथ दिएको छ । उनलाई गभर्नर बनाउने भनेर कांग्रेसले साथ दिएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा समेत दिएका छन् । भट्टले दिएको राजीनामा स्वीकृत नगरेर तिम्सिनाले अवरोध सिर्जना गरेकी छिन् ।
तिम्सिनाले आफू गभर्नरको दौडमा रहेको र आफूसँग प्रतिस्पर्धा गर्न आएको भन्दै भट्टको राजीनामा स्वीकृत नगरेकी हुन् । डा. भट्टको राजीनामा स्वीकृत नभएको सन्दर्भका सरकारले कसरी गभर्नर नियुक्त गर्छ भनेर सबैलाई चासोको विषय बनेको छ ।
https://laganinews.com/2025/05/06/62791/
कानुन मिच्न माहिर ओली नेतृत्वको सरकारले गभर्नर नियुक्तिमा कानुन कार्यान्वयन गर्ने हो वा होइन यो पनि सबैको चासोको विषय बनेको छ । सरकारले गभर्नर नियुक्ति गर्नका लागि भन्दै अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा फागुन २१ गते गभर्नर नियुक्ति सिफारिस समिति बनाएको थियो । उक्त समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । त्यसपछि राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई समितिको सदस्य बनाएको छ । उनको कार्यकाल चैत २४ गते सकिएको हो ।
उनी गभर्नर हुँदै बनेको समितिको सदस्यमा उनलाई नियुक्ति गरिनुलाई पनि कानुन मिचिएको भन्ने चर्चा छ । आज मन्त्रिपरिषदको बैठक बस्ने भए पनि यो समाचार तयार पार्दासम्म गभर्नर सिफारिस समितिको बैठक बसेको छैन ।
https://laganinews.com/2025/05/04/62372/






प्रतिक्रिया दिनुहोस्