Skip to content

एनआईसी एसियाका ‘मास्टर माइन्ड’ खनिया बने सहायक कार्यकारी अधिकृत

 

काठमाडौं । एनआईसी एसिया बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई बढुवा गरेको छ । बैंकले खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्षभन्दा लामो अनुभव संगालेका छन् ।

सन् २००४ मा नेपाल बैंकमा आन्तरिक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालिन बैंक अफ एसिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

यसपछि बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भूमिकामा रही बैंकको व्यावसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा खनियाको भूमिका अब्बल छ ।

बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफर्मेश्नल जर्नीमा अतुलनीय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका खनियालाई बैंकले नयाँ जिम्मेवारी दिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi