काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।







प्रतिक्रिया दिनुहोस्