Skip to content

ठूला जलविद्युत आयोजना निर्माणमा लगानी बोर्डमा जानुपर्ने कुरा बिरालो बाँधेजस्तो भयो : इप्पान पूर्वअध्यक्ष गुरागाईँ

nabil bank

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले २ वर्षदेखि रोकिएको आइपीओको समस्या चाडो समाधान हुनुपर्ने बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बर्ष २०८२/८३ का पूर्व बजेट छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।

नेपाल धितोपत्र बोर्डले हाइड्रोपावरको आईपीओ रोकेको कुरा छ । आईपीओ बाजट आयोजनाहरुले २० देखि २५ अर्ब रुपैयाँ संकलन गर्ने र त्यसबाट आयोजना निर्माण सहयोग पुग्ने उनको भनाइ छ । धेरै ठूलो कुरा नभए पनि आयोजनाको ७० प्रतिशत रकम सञ्चालनमा सहयोग पुग्ने भएकाले यो समस्या छिटो समाधान हुनुपर्ने उनले बताए ।

सय मेगावाटभन्दा ठूला आयोजना लगानि बोर्डमा जाने गरेको र त्यो बिरोलो बाँधेजस्तो मात्रै भएको उनको भनाइ छ । विदेशी लगानी ल्याउँदा जस्तै व्यवहार गरिएकाले त्यसमा पनि सहजीकरण गरिनुपर्ने उनको सुझाब छ । यसमा सहजीकरण गरियो भने ठूला आयोजना नेपाली लगानीमा नै सम्पन्न हुने उनको तर्क थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime