Skip to content

सलिको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

nabil bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को वार्षिक साधाराण सभा सम्पन्न भएको छ । कम्पनीको २८ औँ साधारणसभा आज सम्पन्न भएको हो ।

उक्त साधारणसभाले कम्पनीले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । त्यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गर्ने, आव २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता बृद्धि लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा १७ जना सेयरधनीहरुले आ–आफनो धारणा राखेका थिए ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा सेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराएका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime