Skip to content

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले किन दिए राजीनामा ?

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नर सिफारिस समितिबाट अर्थविद विश्व पौडेलले राजीनामा दिएका छन् ।

स्रोतका अनुसार पौडेलले समितिबाट आज राजिनामा दिएका हुन् । अर्थमन्त्री बिष्णु पौडेलको सचिवालयले पौडेलले राजीनामा दिएको पुष्टी गरेको छ ।  सरकारले लामो समयदेखि गभर्नर नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न सकेको छैन ।

चैत २४ अगावै गभर्नर नियुक्त गर्नुपर्नेमा सरकारले ढिलाई गर्दा २ जना सदस्यले राजिनामा दिइसकेका छन् । अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिको सदस्यबाट यसअघि राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई राजिनामा दिएका थिए । उनको स्थानमा निवर्तनमा गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ ।

https://laganinews.com/2025/05/10/63370/

केही समय यता गभर्नरमा पौडेलको नाम निकै चर्चामा छ । सरकारको नेतृत्व गरेको एमाले र कांग्रेसको सहमति अनुसार राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउने सहमति भइसकेको छ । त्यही अनुसार कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेको थियो । भट्टले गभर्नर बन्नको लागि कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

तर उनको राजीनामा कामू गभर्नर निलम ढुंगानाले स्वीकृत गरेकी छैनन् । राजीनामा निलमले स्वीकृत नगरेपछि अर्को विकल्पको रुपमा काँग्रेसले पौडेललाई अघि सारेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime