Skip to content

अधिकांश सूचकमा अब्बल शिखर इन्स्योरेन्सको नाफा ३५ करोड बढी, इपीएस कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा शिखर इन्स्योरेन्स कम्पनीको अधिकांश सूचक बलिया देखिएका छन् । कम्पनीले सार्वजनिक गरेको चालु आवको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफासँगै अधिकांश सूचकमा कम्पनी बलियो देखिएको हो ।

चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफामा ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७९ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ मुनाफा रहेको थियो ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको बीमा कोष २८.२० प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ५ अर्ब २९ करोड ४० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १६.५७ प्रतिशतले बढेर १ अर्ब २० करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको यस्तो व्यवसाय १ अर्ब ३ करोड ६६ लाख रुपैयाँ रहेको विवरणले देखाएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी २ अर्ब ९२ करोड, महाविपत्ती कोष १०.५८ प्रतिशतले बढेर १ अर्ब ८६ करोड र रिटेन्ड अर्निङ १६ करोड २३ लाख रुपैयाँ सञ्चिति रहेको छ । चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८१ पैसा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime