Skip to content

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा विदेशीसहित १९ ठूला सेयरधनी

काठमाडौैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा विभिन्न १९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् ।

कम्पनीमा नेपालीका साथै विदेशीको समेत सेयर लगानी रहेको छ । इन्स्योरेन्समा सबैभन्दा धेरै श्रीलंकाको सिलिकन होल्डिङ्सको ११.४३ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै लुम्बिनी विकास बैंकको ४.२२ प्रतिशत, मनोहर दास मोलको ४.१४ प्रतिशत, साल्ट टे«डिङ कर्पोरेशनको ३.४७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ३.३० प्रतिशत, दिव्यमणी राजभण्डारीको ३.१५ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै ओभरसिस ट्रेडिङ कम्पनी प्रालिको १.५७ प्रतिशत, सुरज बैद्यको १.५३ प्रतिशत, शंकर घिमिरेको १.५३ प्रतिशत, नरेन्द्र कुमार अग्रवाल १.४३ प्रतिशत, चिन्तामणी भट्टराईको १.३४ प्रतिशत, संजय गोल्छाको १.२० प्रतिशत, भाजुरत्न एण्ड कम्पनीको १.१२ प्रतिशत, हिमाल एण्ड कम्पनीको १.१२ प्रतिशत, ज्योति एण्ड कम्पनी १.१२ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै रामकृष्ण मानन्धरको १.१२ प्रतिशत, अशोक कुमार तोदीको १.०४ प्रतिशत, अरुण राज श्रेष्ठको १.०१ प्रतिशत र विरेन्द्र बज्राचार्यको १ प्रतिशत सेयर स्वामित्व छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi