काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ४३ अंकले बढेर २६५० दशमलव ५४ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव १० अंकले घटेर ४४६ दशमलव ०३ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा ६९ कम्पनीका १० हजार ६४९ कित्ता सेयर १५० पकट खरिद बिक्री हुँदा ८७ लाख ३७ हजार ८४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्