Skip to content

प्राधिकरणले दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात सुरु गरेको छ ।

खोलानालामा पानीको बहाब बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ। गत शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ।  रातको समयमा खपत नभएको विद्युत भारत निर्यात गरेको प्राधिकरणको भनाइ छ।

नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ। प्राधिकरणले इन्डियन एक्सचेन्ज मार्केटबाट बिहान र दिउँसोको समयमा भने विद्युत खरिद गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T