Skip to content

सानिमा रिलायन्सद्वारा देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई आझै बडी सशक्त बनाउने उद्देश्यले देशभरिका विभिन्न शाखा तथा उप शाखा कार्यालयहरूमा कर्मचारीको आवश्यकता सहित दरखास्त आह्वान गरेको छ। कम्पनीले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत खाँदबारी, ओखलढुङ्गा र दिक्तेल शाखा , मधेश प्रदेश अन्तर्गत बर्दिबास, निजगढ र सिमरा शाखा , बागमती प्रदेश अन्तर्गत पनौती, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटि , कालिमाटी, सुन्धारा र थनकोट शाखा , लुम्बिनी प्रदेश अन्तर्गत लमही र रामपुर (पाल्पा) शाखा र गण्डकी प्रदेश अन्तर्गत कुश्मा शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा तथा काठमाडौँ उपत्यकासहित अन्य शाखाहरूका लागि बजार अधिकृत पदमा केही संख्यामा कर्मचारी माग गरेको छ।

उक्त पदहरूका लागि जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त संस्थामा कार्य अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरणसहितको आवेदन कम्पनीको [email protected] मा २०७८ जेठ १८ गते भित्र पठाउनुहुन अनुरोध छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima