Skip to content

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ दशमलव ५५ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६७४ दशमलव ०७ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १२ अंकले बढेर ४५१ दशमलव ९७ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको उक्त सेसनमा ३५ कम्पनीका २ हजार १५२ कित्ता सेयर ४७ पटक खरिद बिक्री हुँदा १३ लाख ४१ हजार ७९५ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime