Skip to content

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसनलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तर रूपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारबिहीन महिलाहरू र उनका बालबालिकाहरूको लागि काम गर्दै आएको आएको छ।

विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरूलाई सहयोग गरिरहेको सो संस्थालाई बैंकले करिब २ महिनासम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ।

संस्थामा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरूलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताए।

संस्था तथा त्यहाँ रहेका बालबालिकाहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारबिहिन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंकले ६१ जिल्लामा २ सयवटा शाखा, १ सय ६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ एकाइहरूबाट १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi