Skip to content

गभर्नर डा. पौडेलले गरे डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले डेपुटी गभर्नरद्वय डा. निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्रको जिम्मेवारी हेरफेर गरेका हुन् ।

गभर्नर डा. पौडेलले डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनालाई गभर्नरको कार्यालय, आन्तरिक लेखापरीक्षण, वित्तीय जानकारी इकाइ र कानुन महाशाखा राखेकी थिइन् ।

डा.ढुङ्गानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, विलघुवित्त संस्था सुपरिवेक्षण विभाग, गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, प्रदेशस्थित कार्यालयहरु, देशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थापन, सम्पति तथा सेवा व्यवस्थापन विभाग र सुचना प्रविधि विभाग पाएकी छिन् ।

मिश्रले बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंकिङ विभाग, भुक्तानी प्रणाली विभाग, मानव संशाधन विभाग र वित्त व्यवस्थापन विभाग पाएका छन् । गभर्नर कार्यालयको साथै वित्तीय जानकारी इकाई, कानुन महाशाखा गभर्नर मातहत रहनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T