Skip to content

कामना सेवा विकास बैंकद्वारा अन्तर बैंक टेलर क्युआर सञ्चालनमा 

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ ।

यो सेवा सञ्चालनमा आए सँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ। बैंकले आफ्नो स्मार्ट टेलर क्युआर प्रयोग गरी अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T