Skip to content
Prabhu

शिखर इन्स्योरेन्सले पायो ‘डब्बल ए माइनस’ रेटिङ

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘डब्बल ए माइनस’ रेटिङ पाएको छ । 

यो सँगै बलियो तथा सुरक्षित बीमा कम्पनीका रुपमा उभ्याउन सफल भएको कम्पनीले जनाएको छ । सरकारको लगानी तथा वैदेशिक लगानी रहेको कम्पनीहरु बाहेकका कम्पनीहरु मध्ये डब्बल ए माइनस रेटिङ पाउने एक्लो कम्पनी भएको जनाइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

रेटिङका क्रममा इका नेपालले महाविपत्ति पुनर्बीमा तथा उत्कृष्ट पुनर्बीमा तथा जोखिम व्यवस्थापन, शिखर इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमध्यकै सबै भन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्बीमाको विश्लेषण गरेको थियो ।

इन्स्योरेन्सले आफ्ना पुनर्बीमकहरुकै साथका कारण भूकम्प तथा बाढी लगायतका बीमा दाबीको दाबी द्रुत गतीमा भुक्तानी गर्न सफल रहेको जनाएको छ । विगतमा समेत भूकम्प बाढी तथा पहिरो तथा हुलदंगाको दाबी भुक्तनी द्रुत गतिमा भुक्तानी गरी नेपालको निर्जीवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा कम्पनीका रुपमा आफूलाई प्रमाणित गर्दै आएको जनाएको छ ।

बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पंजी सम्बन्धि व्यवस्थाहरु अनुसार समेत ३.६७ को उत्कृष्ट सोल्भेन्सी अनुपातसंगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्