Skip to content

सांगीतिक कार्यक्रमसहित धनगढीमा लन्च हुँदै छ ‘पल्सर एन१२५’

nabil bank

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धनगढीमा पल्सर एन१२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझमार्फत गरिँदै छ।

भाेलि जेठ १२ गते साेमबार साँझ ६ः३० बजेदेखि खुल्ला मञ्च, नैनदेवी रोड, धनगढीमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुने भएको छ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहने छ भने कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्ने छन् ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८सिसी एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ किलोवाट पावर र ११ नानोमिटर टर्क उत्पादन गर्दछ। यो १२५सिसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने ‘एन१२५ लाई धनगढीमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ’ बताएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime