Skip to content

प्रभु बैंक तथा इला कर्म्फट होटल एन्ड रिसोर्टबीच १५ प्रतिशत छुट

nabil bank

पोखरा । प्रभु बैंक र बाग्लुङ नपरपालिका–२ आवारोडस्थित इला कर्म्फट होटल एन्ड रिर्सार्टबीच व्यावसायिक साझेदारीका लागि भोलि सोमबार जेठ १२ गते एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सोमबार एक समारोहका बीच इला कम्र्फट होटल एन्ड रिसोर्टका तर्फबाट महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सो सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एन्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ । यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पुजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थिहरुको बाक्लो उपस्थिति हुने गर्दछ। बाग्लुङमा पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ।

पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्र्फट होटल एन्ड रिसोर्ट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक तथा इला कम्र्फट होटल एण्ड रिसोट विच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime