काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेको यो कम्पनीमा आजको कारोबार जारी रहँदा पनि सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १२२ रुपैयाँ ६० पैसाले बढेर १ हजार २३९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि ४ दशमलव २५ अंकले बढेर २७८४ दशमलव २३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ५ अर्ब २२ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्