Skip to content

आर्थिक सर्वेक्षण मंगलबार संसदमा पेस हुँदै

nabil bank

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण भोलि (मंगलबार) संसदमा पेश गर्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण भोलि संसद्मा पेस गर्दै छन् ।

सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आवको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए, भएनन्, कस्ता कस्ता चुनौतीको सामना गर्नुपर्यो भन्ने लगायतका विषय समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गरिन्छ ।

यस्तै आर्थिक सर्वेक्षणमा समग्र आर्थिक स्थिति, सार्वजनिक वित्त, मूल्य, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिबी निवारण र रोजगारी लगायतका विषयहरु समावेश हुन्छन् ।

त्यस्तै कृषि, वन तथा भूमिसुधार, उद्योग, वाणिज्य, आपूर्ति पर्यटन र संस्कृति, सहरी विकास, आवाश तथा ऊर्जा, भौतिक पूर्वाधार यातायात तथा सञ्चार, सामाजिक क्षेत्र सुसासन र प्रशासन, प्रदेश तथा स्थानीय तहको आर्थिक तथा सामाजिक स्थिति, जलवायु परिवर्तन र दीर्घकालिन विकासका लक्ष्य लगायतका विषयहरु समावेश गरिएको हुन्छन् ।

नेपालको संविधानमा भएको व्यवस्था अनुसार आगामी आवको बजेट जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरिनेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime