Skip to content

पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६४ लाख कित्ता सेयर गरी कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा प्रि ओपन सेसनमा कम्पनीको सेयर कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कारोबार हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime