काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई व्यक्तित तर्फको सेयर धितो कर्जाको सिमा र लघुवित्त कम्पनीहरुको लाभांश वितरणमा लगाएको सिमा हटाउन सुझाब दिएको छ । आज गभर्नर पौडेललाई भेटेर फोरमले व्यक्तिगत हकमा सेयर कर्जा सिमा १५ करोड रहेकोमा त्यसलाई खारेज गर्न सुझाब दिएको हो ।
त्यस्तै लघुवित्तहरुलाई लाभांश वितरणमा लगाएको १५ प्रतिशत सिमा हटाइ क्षमता अनुसार लाभांश वितरण गर्ने व्यवस्था गर्न फोरमले गभर्नलाई सुझाब दिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूलाई नियमानुसार सेयर खरिद गर्ने विगतको व्यवस्थालाई पछिल्लो नीति मार्फत बन्देज लगाईएकोमा उक्त व्यवस्था पुनः सुचारु गर्ने व्यवस्था गर्न अनुरोध गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्