Skip to content

सान्भि इनर्जीः कस्तो छ वित्तीय अवस्था, कति छन् सेयरधनी ?

nabil bank

काठमाडौं । सान्भि इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२० रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर आम्दानी ३.८१ रुपैयाँ रहेको छ भने कम्पनीको नाफा १२ करोड १२ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीका अनुसार आव २०८१/०८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १२१.३३ रुपैयाँ, प्रति सेयर आम्दानी ९.५३ रुपैयाँ, नाफा १८ करोड ७७ लाख ८४ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

यस्तै, आव २०८२/०८३ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.३६ रुपैयाँ, प्रति सेयर आम्दानी ११.०२ रुपैयाँ, नाफा २८ करोड ४७ लाख ७२ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

यस्तै आव २०८३/०८४ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.३१ रुपैयाँ, प्रति सेयर आम्दानी १२.८५ रुपैयाँ, नाफा ४० करोड ७५ लाख ६३ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । कम्पनीले ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत आयोजनामा १ अर्ब ५७ करोड २९ लाख ५२ हजार ५४४ रुपैयाँ लाग्ने जनाइएको छ । यो रकम आयोजना निर्माण अवधिको ब्याज सहितको हो । आयोजनाको प्रति मेगावाट लागत २० करोड ६९ लाख ६७ हजार ४४० रुपैयाँ रहेको छ ।

यस्तै, ५.२ मेगावाटको निर्माणधिन जोगमाई क्यासकेड जलविद्युत आयोजनामा १ अर्ब ९१ लाख १३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो रकम आयोजना निर्माण अवधिको ब्याज सहितको हो । यो आयोजनाको अनुमानित लागत प्रतिमेगावाट १९ करोड ४० लाख ६० हजार १९२ रुपैयाँ रहेको छ ।

जोगमाई खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको बहाल रहने अवधि २०६९ चैत २९ गतेदेखि २१०४ चैत २८ गतेसम्म रहेकोले हालबाट २३ वर्ष १ महिना बाँकी रहेको छ । यस्तै जोगमाई क्यासकेड जलविद्युत आयोजनाको २०७६ माघ १ गतेदेखि २११२ पुस ३० गतेसम्म रहेकोले हालबाट ३० वर्ष ११ महिना बाँकी रहेको छ । जोगमाई खोला साना जलविद्युत आयोजन ईलाम जिल्ला साविक फिक्कल, नयाँवजार, नामसालिङ्ग, र पन्चकन्या गाबिसमा रहेको छ ।

जोगमाई क्यासकेड जलविद्युत आयोजना ईलाम जिल्ला साविक नामसालिङ्ग, गोदक गाबिस र पन्चकन्या गाबिसमा रहेको छ । कम्पनीको अध्यक्षमा अनुप आचार्य रहेका छन् । कम्पनीमा उनको ३ लाख २८ हजार ८८७ कित्ता, प्रबन्ध सञ्चालक भानुभक्त पोखरेलको २ लाख ३९ हजार ७०८ कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा संस्थापक सेयरधनी दिकी लमु काजीको ३ लाख ५५ हजार १९८ कित्ता, काशीराज पौड्यालको १ लाख कित्ता, आरती बर्तौलाको १ लाख कित्ता, भगवती अधिकारीको १ लाख ८० हजार ७७० कित्ता, रीता अधिकारी बरालको ६५ हजार ३१० कित्ता, प्रकाश बरालको ५७ हजार ६९० कित्ता, नन्दाकुमारी प्रसाई बाँस्कोटाको ६० हजार कित्ता, कल्पना पोखरेल २ लाख ५० हजार, मनोज कुमार सिंहको ५० हजार कित्ता सेयर स्वामित्व छ ।

यस्तै डा. शान्ति रेग्मीको ६० हजार कित्ता, निरा गरतौला पोखरेलको २ लाख ४९ हजार २५० रुपैयाँ, डा. निभा पोखरेलको २ लाख १ हजार ३०५ कित्ता, सम्झना पोखरेलको २ लाख ५० हजार कित्ता, श्रेयन पोखरेलको १ लाख ९१ हजार २६४ कित्ता, सिरत आचार्य २ लाख ५० हजार कित्ता, सुरभी आचार्यको २ लाख ५० हजार कित्ता, प्रकाश पोखरेलको २ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ ।

यस्तै विना देवी पन्तको २ लाख ५० हजार कित्ता, अजित थापा २ लाख ५० हजार कित्ता, मुनु मल्लको २ लाख ५० हजार कित्ता, सन्तोष शाक्यको २ लाख ५० हजार र अर्जुन मल्लको ५० हजार कित्ता सेयर स्वामित्व छ ।

कम्पनीका अनुसार सञ्चालकहरु हरि बाबु न्यौपानेको ५७ हजार ४३४ कित्ता, दिपक बरालको १ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । कम्पनीले जारी पुँजी ८८ हजार करोड रुपैयाँ मध्ये ४३.०७ प्रतिशत अर्थात ३७ करोड ९० लाख रुपैैयाँको प्रति सेयर १०० रुपैयाँका दरले ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्टयाइएको छ । कम्पनीले ८ करोड ८० लाख रुपैयाँको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थायीका लागि बाँडफाँड गरिसकेको छ ।

यस्तै सर्वसाधारणहरूको लागि सार्वजानिक निष्काशन गर्न छुट्टयाइएको जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात २९ करोड १० लाख रुपैयाँको २९ लाख १० हजार कित्ता मध्ये श्रम स्वीकृती लिइ बैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ५८ हजार २०० कित्ता बाँडफाँड गरेको छ । बाँकी रहेको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi