दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले विपद् प्रभावित निजी आवास पुनःनिर्माण र पुनस्थापनाका लागि एक करोड रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।
कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो ।
पहिलो, दोस्रो र तेस्रो किस्ता गरी उक्त रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणअन्तर्गत लाभग्राहीहरूका घरहरू अनुगमन गरी अनुदान रकम वितरण गरिएको भण्डारीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयबाट ४४ लाख ५० हजार र विपद् पुनःनिर्माण र पुनःस्थापना मार्फत् ६५ लाख ५० हजार रुपैयाँ स्थानीय विपद् कोषमा निकासा गरिएको भण्डारीले जानकारी दिए।
५ करोड राजश्व संकलन
कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म पाँच करोड ८८ लाख २२ हजार छ सय ७७ राजश्व संकलन गरेको छ । संस्था दर्ताबाट १६ लाख ६६ हजार छ सय रुपैयाँ, हातहतियार नवीकरणबाट पाँच लाख ५६ हजार आठ सय ७५ रुपैयाँ, राहदानीबाट पाँच करोड ५४ लाख ३७ हजार पाँच सय रुपैयाँ, न्यायिक दण्ड जरिवानाबाट १० लाख ९६ हजार तीन सय ४२ रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट रु १५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच हजार रुपैयाँ, सरकार सम्पत्तिको वहालको आयबाट ३३ हजार नौ सय ६० रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्