काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रसारण लाइन निर्माणका लागि बजेट अभाव भएको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको ‘इप्पान डेप्लपर्स मिट २०२५’ कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
‘प्रसारण लाइनका लागि बजेट अभाव भएकोले समस्या देखिएकाले निजी क्षेत्रले निर्माणमा जानुपर्ने तथा थप पीपीए खुला गर्न बर्षाको बिजुली निजी क्षेत्रले बेच्ने गरी प्रबन्ध हुनुपर्छ’ उनले भने ।
शाक्यले उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न भर्खरै विद्युत खरीद सम्झौता (पिपिए) लाई अगाडि बढाएको जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्