Skip to content

ऊर्जामन्त्री खड्का समक्ष ऊर्जा प्रबर्धकका दर्जन बढी माग

nabil bank

काठमाडौं । ऊर्जा प्रबर्धकहरुले मन्त्री, विद्युत विकास विभाग, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायतलाई राखेर दर्जन बढी माग राखेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सोमबार आयोजना गरेको इप्पान डेप्लपर्स मिट २०२५ कार्यक्रममा प्रवर्धकहरुले आफ्ना माग राखेका हुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्री दीपक खड्का, ऊर्जा सचिव सुरेश आचार्य, विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थिति थियो । कार्यक्रममा निजी क्षेत्रका जलविद्युत प्रर्वद्धकहरुले खुलेर प्रश्नसहित माग
राखेका थिए ।

निजी क्षेत्रका प्रबर्द्धकहरुले विशेष गरी सरकारले अघि सारेको २८ हजार ५०० मेगावाटको ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि छुट्टै ऐन र शक्तिशाली आयोग बनाउन, विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन तथा प्रसारण लाइनको ह्वीलिङ चार्ज तोक्न माग गरेका छन् ।

उनीहरुले विद्युत खरिद सम्झौता (पीपीए) विनाशर्त खुला गर्न, प्रसारण लाइनको अभावमा बिजुली खेर गएका आयोजनाहरुमा सहजीकरण गर्न, विद्युत प्राधिकरणको कन्टीजेन्सीको कारण समस्या परेका आयोजनाहरुलाई यसबाट हटाएर राहत दिन माग गरेका छन् ।

यस्तै विविध कारणले आयोजनाको अन्तिम व्यापार मिति (आरसीओडी) र अनुमतिपत्रको म्याद थप गर्न, विद्युत प्राधिकरणको एकाधिकार अन्त्य गर्न, सेवा प्रवाहलाई सहज बनाउन ऊर्जा क्षेत्रका निकायमा अनलाइनको व्यवस्था गर्न, बाह्य कारणले निर्माण भएका आयोजनाहरुलाई राहत दिन माग गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime