काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरमा आजसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।
कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जेठ १६ गते बुक क्लोज गर्दैछ । भोली गणतन्त्र दिवसको सार्वजनिक विदा भएका कारण आजसम्म कायम रहेका सेयरधनीले मात्रै सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणले तोकेको पुँजी पुर्याउन कम्पनीले हकप्रद सेयर निष्कासन गरेको हो ।






प्रतिक्रिया दिनुहोस्