Skip to content

अधिक तरलता भएपछि एकैपटक ८० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले बजारबाट एकैपटक ८० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले जेठ १४ गते ८० अर्ब रुपैयाँ उठाउने भएको हो ।

राष्ट्र बैंकले २१ दिन अवधीका लागि उठाउन लागेको ८० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असार ४ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वा न गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime