Skip to content

फोनपेकाे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ सार्वजनिक

काठमाडौं । नेपालकै अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपे ले ‘फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ, जसले देशभरका विश्वविद्यालयका विद्यार्थीहरूलाई डिजिटल साक्षरता, फिनटेकमा नवीनता, र सामाजिक प्रभावमा सशक्त बनाउने लक्ष्य लिएको छ।

यस कार्यक्रमको मूल मान्यता भनेको विद्यार्थीहरू नै नेपालको भविष्यका डिजिटल नेतृत्वकर्ता हुन् भन्ने हो। आजको युवालाई सशक्त बनाएर मात्रै भोलिको डिजिटल समावेशी नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वासमा आधारित यो कार्यक्रमले आधुनिक सीप र नेतृत्व क्षमताबाट भरिपूर्ण नयाँ पुस्ता तयार गर्ने उद्देश्य राखेको छ।

कार्यक्रमको एक विशेष पाटो हो– टाइम टु टीच ब्याक पहल, जसअन्तर्गत विद्यार्थीहरूलाई आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूसँग जोडिएर डिजिटल वित्तीय उपकरणहरूको प्रयोग सिकाउने प्रोत्साहन दिइन्छ, जसले पुस्ताबीचको डिजिटल दूरी कम गर्न सघाउँछ। यो वर्ष कार्यक्रमप्रति उल्लेखनीय उत्साह देखिएको छ– देशभरबाट १७० भन्दा बढी टिमहरूले आवेदन दिए ।

प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिमहरू– १५० विद्यार्थीहरू छनोट गरिएको छ, जो आफ्ना कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै डिजिटल रूपान्तरणको यात्रामा संलग्न हुँदै छन्।

८ हप्ता लामो कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, सशक्त सामग्री सिर्जना, र नेतृत्व सीप विकासका चुनौतीहरू सामना गर्ने छन् । आधिकारिक फोनपे एम्बेसडरको रूपमा उनीहरूले आफ्ना कलेज र समुदायहरूमा सचेतना अभियान डिजाइन र सञ्चालन गर्दै व्यावहारिक अनुभव लिनेछन् र दीर्घकालीन सामाजिक प्रभाव सिर्जना गर्नेछन्।

फोनपेकी मार्केटिङ प्रमुख, सलिना नकर्मी भनिन्, हामी युवाको शक्ति र परिवर्तन ल्याउने क्षमतामा विश्वास गर्छौं । स्टुडेन्ट एम्बेसडर कार्यक्रममार्फत हामी विद्यार्थीहरूलाई डिजिटल संसारमा सफल हुन आवश्यक उपकरण दिन चाहन्छौं, अनि तिनले सिकेको ज्ञान आफ्नो पूरानो पुस्तासँग बाँड्न प्रोत्साहन गर्न चाहन्छौं । यो नेतृत्व निर्माणको अभियान हो, जसले अरूलाई पनि अगाडि बढाउँछ। छनोटमा परेका विद्यार्थीहरू देशभरका विविध शैक्षिक संस्थाहरूबाट आएका छन्, जसले नेपालकै शैक्षिक विविधता र राष्ट्रिय पहुँच देखाउँछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi